०२ असार २०८३, मंगलबार

अवरुद्ध पूर्व - पश्चिम राजमार्ग डाइभर्सन तयार गरी यातायात सञ्चालन

कात्तिक २०, २०७४
अवरुद्ध पूर्व - पश्चिम राजमार्ग डाइभर्सन तयार गरी यातायात सञ्चालन


नवलपरासी, २७ मङ्सिर - नवलपरासीमा आइतबार एकाबिहानै बौलाहा खोलाको पुलमा क्षति पुगेका कारण अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्ग आइतबार साँझदेखि सञ्चालनमा आएको छ ।

ना ६ ख ३०१७ नम्बरको ट्रकले पुलको पूर्वपट्टिको भागमा ठक्कर दिँदा बायाँपट्टिको भाग एक फिट तल लच्केकोले पुल माथिबाट सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । यद्यपि अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा डाइभर्सन तयार गरी यातायात सञ्चालन गरिएको हो ।
सो पुल भाँचिदा पूर्व पश्चिम राजमार्गमा आइतबार दिनभर यातायात सञ्चालनमा अवरोध हुँदै आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्