नयाँदिल्ली, १९ माघ - निर्माणाधीन भवन भत्किएर च्याप्दा बुधबार भारतको उत्तरी क्षेत्रमा चार जना मजदुरको मृत्यु भएको छ ।
उत्तर प्रदेश राज्यको कानपुरमा आवासीय भवन बनाउने क्रममा लडेर उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । चार जना मजदुरको मृत्यु भएको छ भने अन्य १७ जनालाई तत्काल उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । स्थानीय उच्च अधिकारी कौशल राजले एएफपीलाई टेलिफोनमा जानकारी दिए ।