२२ जेठ २०८३, शुक्रबार

संसद्मा अब प्रधानमन्त्रीसँग सवालजवाफ

चैत १४, २०७४
संसद्मा अब प्रधानमन्त्रीसँग सवालजवाफ

काठमाडौँ, १४ चैत  -अब प्रत्येक महिनाको दुई दिन सङ्घीय संसद्मा सांसदहरूले समसामयिक तथा नीतिगत विषयमा प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउने भएका छन् । 
महिनाको पहिलो र तेस्रो हप्ताको पहिलो बैठकमा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुनेछ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले महिनामा दुई बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने गरी नियमावलीमा सहमति 
गरेको हो । 
 सरकारका कामकारबाहीलाई पारदर्शी र जनचासोका विषयमा सरकारलाई सदनप्रति उत्तरदायी बनाउन प्रश्नोत्तर कार्यविधि चयन गरिएको हो । बेलायत लगायतका देशमा प्रधानमन्त्री र सांसदबीच सवालजवाफको व्यवस्था छ । 
यसअघि पनि कार्यविधिबाट उक्त व्यवस्था कार्यान्वयनमा ल्याउने प्रयास गरिए पनि सफल भएको थिएन । 

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले नियमावलीको प्रश्नोत्तर कार्यविधिमा सहमति भएको बताए, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्