१८ असार २०८३, बिहीबार

सरकारलाई गोविन्द केसीको यस्तो चेतावनी

चैत १४, २०७४
सरकारलाई गोविन्द केसीको यस्तो चेतावनी

काठमाडौँ, १४ चैत-  चिकित्सा शिक्षा र सेवा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेश तत्काल संसद्मा पेस नगरे पुन: सत्याग्रह थाल्ने चेतावनी दिएका छन् ।

सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश र राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश संसद्मा पेस गरे पनि चिकित्सा शिक्षा अध्यादेश अगाडि नबढाएपछि केसीलगायत सरोकारवाला सशंकित छन्, कान्तिपुरमा खबर छापिएको छ ।


संविधानले तोकेको समयसीमा घर्किंदै गएका बेला सरकारले चिकित्सा शिक्षा अध्यादेशका सम्बन्धमा मौनता साधेपछि यसबारे आशंका उब्जिएको केसीले बताए । ‘स्वास्थ्य प्रणालीमा सुधारका लागि कानुन बनाउन माग राख्दै म पाँच पटक सत्याग्रह बसिसकेको छु,’ उनले भने, ‘यसमा तलमाथि गर्न दिइने छैन, अझै पनि समय छ । सरकारले यसलाई रोकतोक नगरी संसद्मा पेस गरोस् । संसद्ले अनुमोदन पनि गरोस् ।’


अध्यादेश यो महिनाको अन्त्यसम्म संसद्मा पेस नभए आफू पुन: सत्याग्रहमा उत्रने केसीले बताए । सरकारले अध्यादेश संघीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसरी पेस भएको अध्यादेश सदनबाट अस्वीकृत भए स्वत: खारेज हुन्छ । स्वीकृत भएपछि संसद्ले अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएर संसद्बाट पारित गर्नुपर्नेछ । संसद् बैठक सुरु भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित नभए अध्यादेश स्वत: खारेज हुने कानुनी व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्