
‘यसले त्यसलाई, त्यसले उसलाई हरायो, विगार्यो, सिध्यायो भनेको छ । यो पार्टी हो कि तमासेहरुको जमघट ?’
एकथरि तालि पिट्ने, अर्काथरि मुख्य लुकाउने–यो नेपाली कांग्रेस बैठकको दृश्य हो । दुर्गतीको दोष सबै शीर्षस्थ नेताले बोक्नुपर्ने भन्दै गुरुराज घिमिरे कड्किएपछि बैठक गर्माको जनआस्थामा समाचार छ ।
त्यसपछि मात्र प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाविरुद्धका विषय प्रस्तुत गरे । गुरुले चाहिँ औलो तेस्र्याएरै भने, तपाई पनि कम दोषी होइन । वरिष्ठ नेता भएर रोइलो मच्चाउन पाइन्छ ?’ उनले इंगित गरेका थिए, रामचन्द्र पौडेललाई । भने–टिकट बाँडुञ्जेल तपाई र सभापति सँगसँगै हुनुहुन्छ । तपाईले भाग खोज्नुभएको छ । सभापतिले भाग पनि दिनुभएको छ । अहिले उठाएको कुरा त्यसबेला किन उठाउनु भएन ।
अहिले रोएर हुन्छ ।’
गुरुको कुरा सुनेर मुसुमुसु हासिरहेका महामन्त्री शशांक कोइरालाले पनि यही मेसोमा दनक पाए ।
बीपीको छोरालाई कसैले कही नभन्ने मुसुक्क हास्ने चिया खुवाउने अर्थोक त चल्छ चर पार्टी यसरी चल्दैन ।’