काठमाडौं, २० माघ-काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतअनुरूप भवन निर्माण भए/नभएको अनुगमन गर्ने भएको छ, आजको राजधानीमा खबर छ ।

बुधबार बसेको महानगरपालिकाको बोर्ड बैठकले भवन निर्माण अनुगमनका लागि सात सदस्यीय कार्यदलसमेत गठन गरेको छ । भवन निर्माण इजाजत विभागका महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको हो, जसमा पाँचजना इन्जिनियर र महानगरपालिकाको नगर प्रहरी महाशाखाका एकजना नगर प्रहरी निरीक्षक हुने जनाइएको छ ।
काठमाडौं उपत्यकाभित्र पछिल्लो समय भवन निर्माण इजाजत एकातिर भवन निर्माण अर्कोतिर हुँदै आएका गुनासा थिए । महानगरपालिका क्षेत्रका ८० प्रतिशत भवन कुनै न कुनै रूपमा मापदण्ड र कानुनविपरीत रहेको बताइएको छ ।