०१ असार २०८३, सोमबार

राष्ट्रपतिको पुनः शपथ गराउनुपर्नेसम्बन्धी रिट दर्ता

राष्ट्रपतिको पुनः शपथ गराउनुपर्नेसम्बन्धी रिट दर्ता

काठमाडौँ, १४ चैत - सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनुपर्ने माग राखी दायर गरिएको रिट निवदन आज दर्ता गरिएको छ । 

अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनुपर्ने मागसहितको रिट निवेदनमाथि न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा मंगलबार सुनुवाइपछि दर्ता गर्न आदेश भएको थियो । 

तत्कालीन प्रधानन्यायाधीश पराजुलीको उमेरहद २०७४ साउन २१ गते ६५ वर्ष उमेर पुगेका व्यक्तिबाट राष्ट्रपतिले शपथ लिएको हुँदा पुनः शपथ हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ । 

न्यायाधीश खतिवडाले इजलासले जारी गरेको आदेशमा भनिएको थियो, “संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन ।” 

salt training

कमेन्ट गर्नुहोस्