०१ असार २०८३, सोमबार

त्रिशूलीगल्छी जलविद्युत् आयोजना ईपीसीएफ मोडलमै

चैत १५, २०७४
त्रिशूलीगल्छी जलविद्युत् आयोजना ईपीसीएफ मोडलमै

काठमाडौं, १५ चैत - सिद्धकाली पावर लिमिटेडले ७५ मेवागाटको त्रिशूलीगल्छी जलविद्युत् आयोजना इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्याक्ट विथ फाइनान्सिङ’ (ईपीसी–एफ) मोडेलमा बनाउने भएको छ। चिनियाँ कम्पनी डोङफङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसनले निर्माण गरिदिने यो आयोजना आगामी साउनबाट सुरु गरेर ४२ महिनाभित्रै सम्पन्न गरिनेछ।

यो आयोजना निर्माण गर्न १४ अर्ब ५० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए। धादिङ जिल्लामा पर्ने त्रिशूली गल्छी आयोजना बनाउन चिनियाँ डोङफङका उपमहाप्रबन्धक छाउ बीई यू र सिद्धकालिका अध्यक्ष न्यौपानेबीच बुधबार सहमतिपत्रमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि न्यौपानेले १० अर्ब २९ करोड रुपैयाँ चिनियाँ कम्पनीले व्यहोर्ने र बाँकी रकम नेपाली लगानीकर्तामार्फत जुटाइने जानकारी दिए। यो आयोजना निर्माण गर्ने कम्पनी चीनको टर्वाइन तथा जेनेरेटर उत्पादनको एक अग्रणी कम्पनी भएको उल्लेख छ। यो कम्पनीले आगामी चार वर्षभित्रै आयोजना निर्माण सम्पन्न गर्नेछ। आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आएको एक वर्षभित्रमा लगानी फिर्ता गर्ने गरी सम्झौता भएको न्यौपानेले दिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्