०८ असार २०८३, सोमबार

चिकित्सा अध्यादेश संघीय संसद्मा पेस गर्ने तयारी

चैत १५, २०७४
चिकित्सा अध्यादेश संघीय संसद्मा पेस गर्ने तयारी

काठमाडौँ, १५ चैत— शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश शुक्रबार संसद्मा दर्ता गर्ने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रालयस्तरीय निर्णयअनुसार अध्यादेश संसद्मा लगिनेछ ।

संसद् सचिवालय पुगेका शिक्षा मन्त्रालयका कर्मचारीले सांसदलाई वितरण गर्ने अध्यादेशको प्रति नभएपछि दर्ता नभएको हो ।

बिहीबार वितरण गर्नेप्रति बुझाएर अध्यादेश दर्ता गर्ने र शुक्रबारको संघीय संसद्को दुवै बैठकमा पेस गर्ने गरी तयारी गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्