
काठमाडौं, १५ चैत– उत्तर कोरियाली नेता किम जोङ उन चार दिन लामो चीन यात्राबाट बुधबार स्वदेश फर्किएका छन् । सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन् ।
उनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई कोसेढुंगा भनेका उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले जनाएको छ । उत्तर कोरियाली नेता उनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको चीनले बताएको छ ।
राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा किमको त्यस्तो प्रतिबद्धता आएको जनाइएको छ । उत्तर कोरियाले गरेका प्रयासहरूलाई दक्षिण कोरिया तथा संयुक्त राज्य अमेरिकाले सद्भावका साथ लिए निश्शस्त्रीकरणको मुद्दा समाधान हुन सक्ने किमले जनाएका छन् ।