१२ असार २०८३, शुक्रबार

होसियार ! सहरमै चेलीबेटी बेच्ने सञ्जाल सक्रिय

कात्तिक २०, २०७४
होसियार ! सहरमै चेलीबेटी बेच्ने सञ्जाल सक्रिय

काठमाडौं, २० माघ - चेलीबेटी बेचविखनको जालो भक्तपुरसम्म फैलिएको पाइएको छ। उक्त जालोले महिलाहरुलाई आकर्षक कमाई हुने काम दिलाइदिने प्रलोभन दिएर भारतका विभिन्न सहरमा लगेर बिक्री गर्ने गरेको तथ्य खुलेको खबर अन्नपूर्ण पोस्टमा छ ।


उक्त जालोका सदस्यले चेलीबेटीलाई रोजगारीको नाउँमा दुई चरणमा भारतका नयाँदिल्ली, मुम्बईलगायतका सहरमा पुर्‍याउने गरेका छन् ।

पहिलो चरणमा भक्तपुरमा रहेका उक्त जालोका सदस्यले यहाँका चेलीबेटीलाई भारतसँग सीमा जोडिएका नेपालका सहरसम्म पुर्‍याउने गर्छन् । आफ्नो त्यहाँ काम दिने कम्पनीका एजेन्ट भनी परिचय दिएर ती महिलालाई जालोकै सदस्यहरुको सम्पर्कमा पठाउँछन् ।

सीमा जोडिएका सहरमा बसेका जालोका सदस्यहरुले भने आफ्नो सम्पर्कमा आएका चेलीबेटीलाई भारत प्रवेश गराएर भारतस्थित जालोका सदस्यहरुसम्म पुर्‍याइदिन्छन् । नेपाल र भारतको सीमा नाका कटेपछि चेलीबेटीहरुलाई रेल चढाएर भारतस्थित जालोका सदस्यहरुलाई रोजगारी दिने कम्पनीका मान्छे भनी पठाउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्