०२ असार २०८३, मंगलबार

चीनले बनायो संसारकै सबभन्दा लामो पुल

चीनले बनायो संसारकै सबभन्दा लामो पुल

काठमाडौं, १६ चैत — छिमेकी मुलुक चीनले संसारको सबभन्दा लामो समुद्री पुल बनाइरहेको छ । यसलाई बनाउन ६० वटा एफिल टावर बराबर स्टीलको मात्रा प्रयोग गरिएको छ । 

पुलको लम्बाइ ५५ किलोमिटर छ र यसले हङकङ, मकाउ र चीनलाई जोड्नेछ । पुल पानीभित्र सुरुङमार्फत पनि जानेछ । यसमा उतारचढाव पनि हुनेछन् । 

नौ वर्षअघि शुरू भएको यस परियोजनाको प्रिभ्यु चिनियाँ सरकारले यसै हप्ता देखायो । हङकङलाई दक्षिण चीनको शहर जुहाई र मकाउसँग पुलले जोड्नेछ । 

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, पुल बनाउनका लागि चार लाख २० हजार टन स्टील प्रयोग गरिएको छ । यतिले ६० वटा आइफल टावर मज्जाले बन्छ । 

पुलको परियोजना व्यवस्थापक गाओ जिङलिनले पानीभित्र ६.७ किलोमिटर लामो सुरुङ बनाउन अनेकौं रात जागै बस्नुप–यो । 

उनले भने, ‘पानीभित्र ८० हजार टनका पाइपहरूलाई वाटरटाइट प्रविधिमार्फत जोड्न चुनौतीपूर्ण थियो ।’

परियोजनाको लागत प्रस्ट छैन तर केही अनुमान अनुसार, यसलाई बनाउन १५.१ अर्ब डलर लागेको बताइएको छ । 

यसमा कृत्रिम टापु, लिंक रोड र नयाँ बोर्डर क्रसिङ सुविधाहरू संलग्न छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्