०९ असार २०८३, मंगलबार

धनगढीमा ‘विन्दास मिडिया अवार्ड’ हुने

धनगढीमा ‘विन्दास मिडिया अवार्ड’ हुने

 धनगढी, १७ चैत-थारु भाषा, कला, साहित्यको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले धनगढीमा विन्दास मिडिया अवार्ड २०७५ हुने भएको छ ।

 घोडाघोडी मिडिया ग्रुप (विन्दास मिडिया) को आयोजनामा बैशाख २१ गते अवार्ड वितरण कार्यक्रम हुने भएको हो । अवार्डको लागि थारु कला, संस्कृति, फिल्म, भाषा क्षेत्रमा योगदान पु¥याएका तथा क्रियाशिल रहेकाहरुलाई अवार्डको लागि निशुल्क आवेदनको लागि आहृवान गरिएको छ ।

एसएमएस भोटिङ प्रक्रियामार्फत प्रतियोगीहरुलाई छनौट गरी पुरस्कृत गरिने घोडाघोडी मिडिया ग्रुपका संयोजक हरेन्द्र चौधरीले जनाए । उनको अनुसार सर्वोत्कृष्ट आधुनिक गायन (पुरुष÷महिला), लोक गीत गायन (महिला÷पुरुष), पप गायन (महिला÷पुरुष), फिल्म स्क्रिप्ट लेखन, गीत लेखन, फिल्म निर्देशन, म्युजिक भिडियो निर्देशन विधामा पुरुस्कृत गरिने भएको छ ।

साथै, सर्वोत्कृष्ट द्वन्द्व निर्देशन, संगितकार, छायाकार, सम्पादन, नवप्रतिभा, एल्बम, गीत, मोडल, म्युजिक कम्पनी, कला पत्रकारितालगायत ३५ विधामा अवार्ड वितरण गरिने संयोजक चौधरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्