१४ असार २०८३, आइतबार

जब गाईले तीन तल्लामाथिबाट हामफालेर आत्महत्या गर्‍यो (भिडियो सहित)

कात्तिक २०, २०७४
जब गाईले तीन तल्लामाथिबाट हामफालेर आत्महत्या गर्‍यो (भिडियो सहित)
काठमाडौं, २० माघ — जनावरले आत्महत्या गर्दैनन् भन्ने मान्यता रहिआएको छ तर हालै सार्वजनिक भएको एक भिडियोमा एउटा गाईले तीन तल्लामाथिबाट हाम्फालेर आत्महत्या गरेको देखिएको छ ।


डेली मेलको एक रिपोर्टका अनुसार गाई ३० फीट अग्लो भवनमा चढ्यो अनि एकछिन छतमा यताउता गरेर हाम्फाल्यो ।

सामाजिक सञ्जालमा गाईको आत्महत्या भाइरल भइरहेको छ । यो घटना कहाँ भएको हो, थाहा हुन सकेको छैन ।भारतको कुनै शहरको घटना हो यो । 

गाई कसरी तीनतल्ले भवनमा चढ्यो कसैलाई थाहै भएन । गाईलाई त्यहाँ देखेर मानिसहरू पनि छतमा पुगे र समात्न खोजे । तर मान्छेहरूलाई देखेर गाई झन् तर्सियो र यताउता जान थाल्यो ।

कसैले मोबाइल फोनबाट खिचेको यो घटना सामाजिक सञ्जालमा अपलोड भएको थियो । गाईको हविगत के भयो त्यो थाहा हुन सकेन । तर मानिसहरू यो आत्महत्या हो भनिरहेका छन् ।



द डेली मेलबाट

salt training

कमेन्ट गर्नुहोस्