२८ जेठ २०८३, बिहीबार

स्थानीयका समस्या बुझ्न डाँडागाउँ पुगे रक्षामन्त्री

स्थानीयका समस्या बुझ्न डाँडागाउँ पुगे रक्षामन्त्री

काठमाडौं । रक्षा मन्त्रीईश्वर पोखरेल शिवपूरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्रमा रहेका जनताको समस्या बुझ्न डाँडागाउँ पुगेका छन् । 

आफ्नो निर्वाचन क्षेत्र समेत रहेको काठमाडौंको सवै भन्दा उत्तरी क्षेत्रको गाउँमा पुगी रक्षा मन्त्री पोखरेलले जनताका समस्या र गुनासा सुन्दैं समाधान का निम्ति पहलकदमी लिने बताए ।

जंगली जनावरले कृषि उत्पादनलाई नष्ट गर्ने, विगार्ने काम गरिरहेको भन्दैं डाँडागाँऊका स्थानीयले मन्त्री पोखरेलसँग गुनासो गरेका थिए । स्थानीय वालविकास स्कुल काप्राचार्य दोर्जे तामाङले निकुञ्ज क्षेत्र आसपासमा जंगली जनावरले खाद्यबाली नष्ट गरेको भन्दैं स्थानीय जनता मर्कामा परेको बताए । 

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकाअध्यक्ष स्थानीय दावा लामाले जंगलीजनावर बाट खाद्यबालीमा हुने क्षतिबाट जोगाउने काममा स्थायी समाधान नखोज ीसरकारले राहत बाँड्ने काममात्रै गरेको भन्दै रोष प्रकट गरे । 
मन्त्री पोखरेलले जनता र स्थानीय जन प्रतिनिधीका गुनासा र सुझाव सुनेपछि त्यससँग सम्वन्धित निकुञ्ज र नेपाली सेनाका प्रतिनिधिहरुबाट समस्या समाधानका निम्ती राय÷सुझाव लिएका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले मध्यवर्ती क्षेत्रका स्थानीय जनतालाई उचित क्षतिपूर्तिको व्यवस्था गत वर्षदेखि दिन थालिएको बताए । उनले अब छिट्टै निकुञ्जको १२९ किलोमिटरमा रहेको पर्खाललाई व्यवस्थित गरी जंगली जनावर जनताको खेतबारी जान नसक्ने स्थिती बनाउन लागिएको बताए । 

त्यस्तै नेपाली सेनाले डाँडागाउँ जान लाई नेपाली सेनाको स्टाफ कलेजको प्रांगणबाट जानुपर्ने हुँदा त्यस्ले सुरक्षा चुनौती थपिएको र त्यसले स्थानीय वासीलाई हिंडडुल गर्न गाह्रो भएकाले बैकल्पिक मार्गको प्रस्ताव गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्