१२ असार २०८३, शुक्रबार

सुजलको ह्याट्रिकले मनाङ मदन भण्डारी गोल्डकपको फाइनलमा

चैत १७, २०७४
सुजलको ह्याट्रिकले मनाङ मदन भण्डारी गोल्डकपको फाइनलमा

बुटवल, १७ चैत-साविकको विजेता सुनौलो संंगम युवा क्लब रुपन्देहीलाई फराकिलो अन्तरले हराउँदै मनाङ मर्स्याङ्दी क्बल बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी प्रदेश नं. ५ को आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमीफाइनल भिडन्तमा घरेलु टीमलाई ५–० ले हराउँदै मनाङले फाइनलमा स्थान पक्का गरेको हो ।

मनाङको जितमा सुजल श्रेष्ठले ह्याट्रिक गरे । उनले खेलको २६, ५८ र ८९औं मिनेटमा गोल गरेका थिए । बाँकी २ गोल अञ्जन विष्टले गरे । उनले ३१ र ६५औं मिनेटमा बललाई जाली चुमाए ।

अनुभवी खेलाडीविरुद्ध मैदान उत्रिएको घरेलु टोलीले केही मौका पाए पनि सदुपयोग गर्न सकेन ।

प्रतियोगिता प्रथम हुनेले नगद १५ लाख नगद र ट्रफी पाउने छ । उपविजेताका लागि नगद ७ लाख ५० हजार छुट्ट्याइएको छ ।

प्रतियोगिताको दोस्रो सेमीफाइनलमा आइतबार थ्रीस्टार र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी भिड्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्