०८ असार २०८३, सोमबार

शान्तिपूर्ण रूपमा सकियाे एसइर्इ परीक्षा

शान्तिपूर्ण रूपमा सकियाे एसइर्इ परीक्षा

भक्तपुर, १७ चैत– कक्षा १० को अन्तिम परीक्षाको रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षा आज सम्पन्न भएको छ । 

यही चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षाको प्राविधिक धारतर्फ बाहेकको सम्पूर्ण परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । 

देशभरका एक हजार ९५६ परीक्षा केन्द्रबाट चार लाख ८५ हजार ५८६ परीक्षार्थीले परीक्षा दिएको उनले जानकारी दिए । प्राविधिक धारतर्फको परीक्षा भने यही चैत २० गतेसम्म सञ्चालन हुनेछ । 

परीक्षामा अनियमितता गर्ने दुईजना केन्द्राध्यक्षलाई निष्कासन गरिएको र चारजना निरीक्षकलाई कारबाही गरिएकोबाहेक परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको नियन्त्रक रेग्मीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्