
काठमाडौं, १८ चैत– नयाँ सरकार गठन भएसँगै नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख र विकास साझेदार संस्थाका प्रतिनिधिहरुको आवाजजावत सिंहदरबारमा बाक्लो देखिन्छ ।
छिमेकी भारत र चीनका राजदूतका साथै अमेरिकी, जापान र युरोपेली देशका राजदूत दिनहुँ सिंहदरबारमा भेटिन्छन् ।
बधाई दिने नाममा राजदूतहरुले प्रभावशाली मन्त्रीहरुलाई भेट्ने गरेका हुन् । राजदूतसँगको भेटघाटका लागि सामान्य कूटनीतिक मर्यादासमेत ख्याल नगरेको भन्दै चौतर्फी आलोचना भएपछि एक साताअघि मात्र परराष्ट्र मन्त्रालयले नेपालस्थित सबै कूटनीतिक नियोगलाई पत्राचार गरेको थियो ।
विगतका सरकारले पटक–पटक आचारसंहिता बनाएर राजदूतको भेटघाटलाई व्यवस्थित बनाउन खोजे पनि कार्यान्वयन हुन सकेनन् ।, अन्नपूर्ण पाेस्टमा खबर छ ।