
क्रिकेटर विराट कोहली तथा अभिनेत्री अनुष्का शर्मा दुवै आफ्नो व्यस्त कार्यतालिकाकाबीच एक अर्कासँग भेटघाटको लागि समय निकालिरहेका छन् ।
सामाजिक सञ्जालमा विरुष्काका फ्यान क्लबमा शेयर भएको फोटोमा दुवै स्टार दिल्ली स्थित ब्रिटिश आयोग पुगेका छन् ।
अनुष्का सेतो टिशर्ट तथा कालो पाइन्टमा देखिएकी छिन् भने विराट ह्वाइट टिसर्टमा स्पोर्टी क्याजुअल लुकमा देखिएका छन् ।
पछिल्ला दिनमा अनुष्का आफ्नो आगामी फिल्म सुई धागोको शुटिङका लागि दिल्लीमा छिन् ।
आइपीएल शुरु हुन लागेकाले विराट त्यसमा व्यस्त हुने छन् भने अनुष्का सुई धागा र जीरोको शूटिङमा व्यस्त हुनेछिन् ।