०८ असार २०८३, सोमबार

तैमुर जन्मिएपछि करिनाले १६ किलो तौल घटाइन्

तैमुर जन्मिएपछि करिनाले १६ किलो तौल घटाइन्

करिना कपुर खानले छोरा तैमुरलाई २० डिसेम्बर २०१६ मा जन्म दिएपछि आफ्नो तौल निकै कम गरेकी छिन् । 

हालसालै उनले एक पत्रिकाका लागि दिएको अन्तर्वार्तामा १५ महिनामा १६ किलो वजन कम गरेको बताएकी छिन् । 

सुत्केरी भएको ४५ दिनपछि नै करिना फिट हुन चाहिरहेकी थिइन् । 

त्यसपछि उनले योगा, व्यायाम शुरु गरिन् । १५ महिनामा उनले ट्रेनिङको सहायतमा आफ्नो १६ किलो तौल घटाएकी छिन् । 

उसो त करिनाका लागि तौल घटाउनु बाध्यता नै बनेको थियो । किनकी फिल्म वीरे दी वेडिङको शुटिङ गर्नु थियो । 

डिसेम्बरमा सुत्केरी भएसँगै उनले योगको कक्षा लिइन् भने जिममा पसिना वगाउन पनि शुरु गरिन् । 

आफ्नो फिटनेशलाई लिएर सधै सतर्क रहने करिनाले सुटिङको समयमा पनि खानपानमा विशेष हेरचाह गर्ने गरेकी छिन् । 
 

salt training

कमेन्ट गर्नुहोस्