२२ जेठ २०८३, शुक्रबार

निर्वाचन खर्च बुझाउन एमालेको अटेरी, अरु मुख्य दलले भने बुझाए

चैत १९, २०७४
निर्वाचन खर्च बुझाउन एमालेको अटेरी, अरु मुख्य दलले भने बुझाए

 काठमाडौं, १९ चैत -सत्तारूढ दल नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ गरेको निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएको छैन । निर्वाचन आयोगले दलहरूले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ गरेको खर्चको विवरण बुझाउन ५ चैतसम्मको समय दिएकोमा एमालेले तोकेको मितिभन्दा १३ दिन बढी हुँदा समेत खर्च विवरण बुझाएको छैन ।

निर्वाचन आयोगका अनुसार एमालेबाहेकका मुख्य दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टीसहित साना दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा प्रजातान्त्रिक, नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, चुरेभावर पाटी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दर्शन पार्टीलगायतले भने प्रतिनिधिसभा निर्वाचनमा गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको खर्च विवरण आयोगलाई बुझाएका छन् ।

आयोगमा दलहरूले बुझाएको खर्च विवरण राख्ने फाँटका शाखा अधिकृत घमचन्द्र तिमल्सिनाले ५ चैतसम्ममा एमालेबाहेकका दलको खर्च विवरण आयोगमा आएको बताए, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्