२२ जेठ २०८३, शुक्रबार

कार्यदलको प्रतिवेदनमाथिको छलफल ओलीको भारत भ्रमणपछि

चैत १९, २०७४
कार्यदलको प्रतिवेदनमाथिको छलफल ओलीको भारत भ्रमणपछि

काठमाडौं, १९ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि मात्रै वाम एकताका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गरी टुंग्याइने भएको छ । 

वाम एकताका लागि गठित दुवै कार्यदलले प्रतिवेदन तयार पारिसके पनि एकता संयोजन समितिलाई बुझाएका छैनन् । अन्तरिम विधान तयार पार्न गठित कार्यदलका सदस्य वेदुराम भुसालका अनुसार एकता संयोजन समितिले समय नदिएका कारण प्रतिवेदन बुझाउन ढिलाई भएको हो । 

राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले पनि प्रतिवेदन तयार गरिसकेको छ । कार्यदलका सदस्य माओवादी केन्द्रका नेता देवेन्द्र पौड्यालले प्रतिवेदनलाई अन्तिम रुप दिइसकेको र प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र बुझाउने जानकारी दिए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्