१० असार २०८३, बुधबार

प्रदेश ३ : संसदीय दललाई छलेर सरकार सञ्चालन गरिरहेको भन्दै पौडेलको आलोचना

चैत १९, २०७४
प्रदेश ३ : संसदीय दललाई छलेर सरकार सञ्चालन गरिरहेको भन्दै पौडेलको आलोचना

हेटौंडा, १९ चैत– प्रमुख सत्तारुढ दल एमालेले प्रदेश ३ मा सरकार गठन गरेको डेढ महिना बितिसक्दा पनि प्रदेश संसदीय दलको बैठक राख्न सकेको छैन । 

लामो समय बितिसक्दा पनि संसदीय दलको बैठक राख्न नसकेपछि दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दल छलेर काम गर्न थालेको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ । 

प्रदेश सरकारमा सहभागी एमालेका मन्त्री तथा विभिन्न समितिका सभापतिसमेत संसदीय दलको बैठक नबसी छनोट गरिएको थियो । 

एमाले ३ नम्बर प्रदेश कमिटीले मुख्यमन्त्री पौडेललाई पार्टीसँग सहकार्य गरेर मात्र सरकार सञ्चालन गर्न भनेको थियो । तर, उनले संसदीय दललाई समेत छलेर सरकार सञ्चालन गरिरहेको भन्दै पार्टीभित्र आलोचना शुरु भएको हो ।, अन्नपूर्ण पोस्टमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्