३१ जेठ २०८३, आइतबार

इनर्जी फोमरमा भागलिन उर्जामन्त्री आज बैंकक जाने

इनर्जी फोमरमा भागलिन उर्जामन्त्री आज बैंकक जाने

काठमाडौं, १९ चैत– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन एसिया प्यासेफिक ईनर्जी फोरममा भाग लिन सोमबार बैंकक जादैछन् ।

मंगलबार, बुधबार र बिहिबार गरि ३ दिन सम्म चल्ने फोरममा मन्त्री पुनले नेपालको उर्जाको समग्र अवस्थाको बारेमा जानकारी दिनेछन् । मन्त्री  पुनको नीजि सचिवालयले दिएको जानकारी अनुसार उनी सहसचिव प्रविनराज अर्यालका साथमा मध्यान्ह थाई एयरवेजबाट बैंकक जान लागेका हुन् ।

संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासेफिक अन्तरगतको यो दोश्रो ईनर्जी फोरम बैंकक स्थित संयुक्त राष्ट्रसंघको सम्मेलन केन्द्रमा हुनेछ ।

मन्त्री पुनले सुरक्षा, चुनौती र संभावना तथा सरकारले अघि सार्न लागेका योजनाका र वैदेशिक सहयोग र लगानीका विषयमा पनि धारणा राख्ने छन् । फोरमको पहिलो सम्मेलन सन २०१३ मा रसियामा भएको थियो । पुन २३ चैत्रमा नेपाल फर्कने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्