
काठमाडौं, २० माघ–स्वतन्त्र मधेस नामक अभियान सञ्चालन गर्दै आएका सीके राउत पक्राउ परेका छन् ।
सिराह घर भएका राउत जनपुरमा भाडामा बस्दै आएका थिए । उनलाई आज दिउसो ३ बजे प्रहरीले पक्राउ गरेको हो ।
मुलुक टुक्राउने अभियान चलाएको भन्दै संसदमा समेत राउतको आलोचना भएसँगै उनी पक्राउ परेका हुन् ।
सिराह प्रहरीले पक्राउगरि सहयोग गरिदिन आग्रह गरेपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख लालमणि आचार्यले बताए ।
राउतलाई सिराह पठाउने प्रहरी तयारी छ । राउत यसअघि पनि पक्राउ परेका थिए । उनीमाथि राज्य द्रोहविरूद्धको मुद्दा दायर भएको थियो । तर, उनी धराैटीमा छुटेका थिए ।