३० जेठ २०८३, शनिबार

आफूलाई भगवानको अवतार मान्छन् यी तीन बच्चा

आफूलाई भगवानको अवतार मान्छन् यी तीन बच्चा

काठमाडौं, २० चैत — भारतको हिमाचल प्रदेशस्थित शिमलाको बलग गाउँमा तीन बच्चाले आफूलाई भगवान् शिव, काली माता र विष्णुको अवतार घोषणा गरेका छन् । 

एउटा झुप्रोमा यी बच्चाहरूको कथित प्रवचनको भिडियो भाइरल भएपछि यिनलाई दर्शन गर्न आउनेको ताँती लागेको छ । 

अहिले त्यहाँ हिमाचल, पञ्जाब र हरियाणाबाट गाडीका गाडी मानिस पुगिरहेका छन् । क्यान्सर, मधुमेह र रक्तचापका बिरामीहरूले ग्रस्त मानिसहरूले यी बच्चाले भनेको आधारमा औषधि खान छोडेका छन् । 

भीड धेर भएर सम्हाल्नका लागि प्रहरी तैनाथ गरिएको छ । चिकित्सकहरूले यी बच्चाहरू हिस्टेरियाबाट ग्रस्त भएको बताएका छन् । अनि बच्चाहरूलाई भीडबाट टाढा राख्ने सल्लाह पनि दिएका छन् । 

बच्चाहरूले आफूलाई भगवानको अवतार घोषणा गरेपछि अन्धविश्वासी मानिसले उनीहरूलाई उपचार गर्नुको साटो पूज ागर्न थालेका छन् । मनोवैज्ञानिक, समाजशास्त्री र चिकित्सकहरूले यसलाई अन्धविश्वास मानेका छन् । 

आईजीएमसी शिमलाका मनोचिकित्सा विज्ञानका प्रमुख चिकित्सक डा रविचन्द्र शर्माले यो अन्धविश्वास भएको बताएका छन् । ‘यो बच्चाहरूको मनोविकार हो । यस्ता मानिसले अचेतनमा कुण्ठाको समाधान खोज्ने प्रयास गर्छन् ।
उनीहरूले जानीबुझीकन यसो गर्दैनन् । अचेतन मनले उनीहरूलाई यसो गराउँछ । उनीहरूलाई जति धेरै मानिसले भेट्छन्, अन्धविश्वास त्यति नै बढ्दै जान्छ ।’

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्