०५ साउन २०८३, मंगलबार

डीपीएलमा सोमपालको टीम धनगढीको दोस्रो जित

डीपीएलमा सोमपालको टीम धनगढीको दोस्रो जित

धनगढी, २० चैत- टीम चौराहा धनगढीले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

मंगलबार भएको खेलमा धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गर्‍यो ।

महेन्द्रनगरले प्रस्तुत गरेको १३२ रनको सामान्य लक्ष्य धनगढीले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । टोलीलाई जितसम्म डोहोर्‍याउने क्रममा सुनिल धमलाले अविजित ४६, युएईका खेलाडीद्वय रोहन मुस्ताफा र अस्फाक अहमदले क्रमश: 30 र ३९ तथा सोनु तामाङले अविजित १५ रनको योगदान गरे ।

अविनास कर्ण तथा पुनित मेहराले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको महेन्द्रनगरले भारतीय खेलाडी पुनित मेहराको ४०, पुनित विष्टको २४ तथा भुवन कार्कीको ३२ रनको मद्दतले १३१ रन जोडेको थियो ।

महेन्द्रनगरलाई मध्यम स्कोरमा रोक्ने क्रममा ललित भण्डारीले ४ विकेट लिए । कप्तान सोमपाल कामी तथा संसाद शेखको खातामा १/१ विकेट रह्यो ।

salt training

कमेन्ट गर्नुहोस्