२६ असार २०८३, शुक्रबार

श्वेतपत्रप्रति संसदमा कांग्रेसको आपत्ति, 'त्रासदीपूर्ण अवस्था देखाएर अतिरञ्जना गर्न खोजियो'

श्वेतपत्रप्रति संसदमा कांग्रेसको आपत्ति, 'त्रासदीपूर्ण अवस्था देखाएर अतिरञ्जना गर्न खोजियो'

काठमाडौं, २० चैत- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले देशको अर्थतन्त्र समेटेर ल्याएको श्वेतपत्रप्रति आपत्ति जनाएको छ । सरकारले श्वेतपत्रमा प्रस्तुत गरेको आंकडाले त्रासदीपूर्ण देखाए पनि देशको अवस्था त्यस्तो भयाभह नभएको कांग्रेसको दाबी छ ।

प्रतिनिधि सभाको मंगलवार बसेको बैठकको विषेश समयमा नेपाली कांग्रेसका डा‍. मीनेन्द्र रिजालले श्वेतपत्र ल्याउनु स्वभाविक भए पनि त्रासदीपूर्ण नभएको दाबी गरेका हुन् । ‘मुलुकको स्थिति अप्ठ्यारो छ, तर मुलुकको स्थिति त्रासदीपूर्ण छ भनेर चित्रण गर्न हुन्न,’ रिजालले भने, ‘जहाँ छौं, त्यसको निष्पक्ष समीक्षा गर्नुपर्छ ।’

ढुकुटी रित्तो छ भनेर अतिरञ्जनापूर्ण देखाउन खोजिनु गलत भएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्