२३ जेठ २०८३, शनिबार

एक सातापछि शेयर बजारमा सुधार

एक सातापछि शेयर बजारमा सुधार

काठमाडौं, २० चैत- एक सातापछि शेयर बजारमा केही सुधार देखिएको छ । गत मंगलबार ३९ अंकले बढेको शेयर बजार त्यसपछि लगातार ओह्रालो लागेको थियो । साताको तेस्रो मंगलबार भने शेयर बजार परिसूचक नेप्सेमा ६ दशमलव ०४ अंकले बढेर बजार ११ सय ९९ अंकमा उक्लिएको छ ।  गत सोमबार ५२ अंकले घटेको बजारमा सर्किट ब्रेकर नै लगाउनु परेको थियो ।  त्यसपछि भोलीपल्ट मंगलबार बजारमा केही सुधार हुँदै ३९ अंकले बढेर १२ सय विन्दु माथि पुगेको थियो । ११ सय ६८ अंकमा आएको बजार मंगलबार १२ सय ७ विन्दुमा पुगेको थियो ।

मंगलबार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ  इन्डेक्स ० दशमलव ९८ अंकले बढेर २५५ दशमलव ९९ अंकमा उक्लिएको छ । मंगलबार १६० कम्पनीका २१ करोड ८१ लाख रुपैयाँको कारोबार भयो । जुन अघिल्लो दिनको तुलनामा कारोबार रकम  एक करोड रुपैयाँ बढी हो । सोमबार २० करोड रुपैयाँको शेयर किनबेच भएको थियो । मंगलबार सबैभन्दा बढी नागरिक लगानी कोषको एक करोड २५ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो।


सोमबार फाइनान्स बाहेक सबै उपसूचक बढेका छन् । फाइनान्स १.६१ अंकले घटेको छ। बाणिज्य बैंक समूह ३ दशमलव ९९, ट्रेडिङ २ दशमलव ७, होटल १२ दशमलव ९९, विकास बैंक ११ दशमलव १८, जलाबिद्युत १३ दशमलव ३८, बीमा २५ दशमलव २८, उत्पादनमुलक ६३ दशमलव ०७, अन्य ५ दशमलव ८१ र लघुबित्त २ दशमलव १४ अंकले बढेका छन् ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले करिब सात प्रतिशत कमाए । बरुण हाइड्रोपावरका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।     
 

salt training

कमेन्ट गर्नुहोस्