३० जेठ २०८३, शनिबार

प्रहरीले नै युवतीमाथि बलात्कार गर्न खोजेपछि...

प्रहरीले नै युवतीमाथि बलात्कार गर्न खोजेपछि...

काठमाडौं, २० चैत– होटेलमा काम गर्ने एक युवतीलाई जबजस्ती करणी गर्न खोज्दा एक प्रहरी जवान पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतको प्रहरी प्रभाग बालकुमारीमा कार्यरत प्रहरी जवान माधव राई जवरजस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका हुन् । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्त डिएसपी नरेन्द्र चन्दले प्रहरी जवानलाई पक्राउ गरिएको बताएका छन्् । सुनसरीको धरान नगरपालिका–१९ स्थित जिमीचोक स्थायी घर भएका २९ बर्षीय प्रहरी जवान राईलाई चैत १ गते नियन्त्रणमा लिइएको डिएसपी चन्दले बताए । 

राईलाई जवरजस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ । बालकुमार प्रभागमा कार्यरत राई नजिकै रहेको एक गेस्ट हाउसमा खाजा खान जान्थे । सोही गेस्ट हाउसमा कार्यरत युवतीलाई अर्को बुद्ध गेस्ट हाउस नाम गरेको अर्कै होटेलमा बोलाएर बलात्कार प्रयास गरेका थिए । 
आफूलाई प्रहरीले नै बलात्कार प्रयास गरेको भन्दै युवतीले उजुरी दिएपछि महानगरीय प्रहरी परिसरले राईलाई पक्राउ गरेको हो । राई अहिले प्रहरी हिरासतमा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्