०८ असार २०८३, सोमबार

ट्रम्पसँग त्यति धेरै सम्पत्ति छैन, अमेरिकाका १२१ औं धनी

कात्तिक २०, २०७४
ट्रम्पसँग त्यति धेरै सम्पत्ति छैन, अमेरिकाका १२१ औं धनी
काठमाडाैं, २० माघ-डोनल्ड ट्रंपसँग कति सम्पत्ति छ त्यसको जानकारी उनीहरुलाई मात्र थाहा छ जो उनको नजिक छन् । बाँकी सबैले अन्दाज मात्र गर्न सक्छन् ।

यसको मुख्य कारण उनको गल्फ कोर्स, रियल एस्टेट, क्यासिनो तथा होटलको कारोबार छ । जुन पूर्ण रुपमा प्राइवेट लिमिटेड हो । तसर्थ उनीमाथि व्यालेन्स सीट जारी गर्ने बाध्यता छ ।

यसका साथै डोनल्ड ट्रम्पले आफ्नो नीजि ट्याक्स फिर्तालाई पनि गोप्य राखिएको छ ।

उनको सम्पत्तिबारे धन सम्पत्तिबारेको तथ्य सार्वजनिक गर्दै आएका फोर्ब्स र व्लूमबर्गले अलग अलग अनुमान सार्वजनिक गरेका छन् ।

फोव्र्सका अनुसार ट्रम्पको कुल सम्पत्ति ४.५ अर्ब डलर रहेको छ भने व्लूमबर्गका अनुसार २.९ अरब डलर रहेको छ ।
फोर्ब्स अमरीकाको धनीको सूचीमा राखिएको नामको सूचीको अर्बपतिमा तिनीहरुको नाममात्र समावेस गरिएको छ जसले आधिकारीक रुपमा सम्पत्ति बुझाएका छन् ।

यदी फोर्ब्सको आकलनलाई सही मान्ने हो भने ट्रंप को कुल सम्पत्ति ४.५ अर्ब डलर छ । अमेरिकामा कमसेकम १२० मानिस उनीभन्दा धनी छन् ।

अमरिकी नियमका अनुसार उनले आफ्नो कम्पनी अब आफ्ना तीन छोराहरु जूनियर डोनाल्ड
इवांका तथा एरिकलाई हस्तान्तरण गरेका छन् । आधिकारीक रुपमा राष्ट्रपति बनेपछि विजनेश डिल गरेको आरोप उनीमाथि लागेको छ ।

फोर्ब्सको आधिकारिक आकलन अनुसार भारतमा २१ जना यस्ता छन् जो ट्रंप भन्दा धेरै धनी छन् । तथा केही उनीभन्दा धेरै धनी छन् । मुकेश अंबानी ( २२ अरब डालर) सुभाष चंद्रा सुभाष चंद्रा (५.६अरब डालर) रहेको छ जो ट्रम्प भन्दा धेरै धनी छन् ।

बीबीसीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्