१४ असार २०८३, आइतबार

भारतको बारुदी सुरुङमा विस्फोट, ८ प्रहरीको मृत्यु ५ घाइते

कात्तिक २०, २०७४
भारतको बारुदी सुरुङमा विस्फोट, ८ प्रहरीको मृत्यु ५ घाइते

नयाँदिल्ली, २० माघ - पूर्वी भारतीय राज्य उडिसामा बारुदी सुरुङ बिस्फोटमा परी आठ जना प्रहरीको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरी चढेको सवारी साधनलाई लक्षित गरी बिहीबार सो विस्फोटन गराइएको अधिकारीले जानकारी दिएका छन् । प्रहरीले आक्रमणकारीहरु नक्सालवादीहरु हुनसक्ने अनुमान गरेका छन् ।

घटना उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरदेखि ४३७ किलोमिटर दक्षिणपश्चिममा पर्ने कोरापुट जिल्लाको सुन्कीनजिकैको मुख्य सडकमा भएको थियो ।

“प्रहरीको गाडीमा यात्रा गरिरहेका बेला उडिसा राज्यका आठ जना प्रहरी मारिएका छन्, अरु पाँच जना घाइते भएका छन्,” कोरापुटका एक प्रहरी अधिकारीले जानकारी दिनुभयो ।   

“घाइते सबैलाई तत्काल उपचारका लागि छिमेकमा पर्ने आन्ध्र प्रदेश राज्यको विसखापाटनम् अस्पतालमा लगिएको छ । उनीहरुको अहिले तिव्रगतिमा उपचार भइरहेको छ,” उहाँले थप्नुभयो ।

घटनामा परी मृत्यु हुने मध्ये चार जनाको घटनास्थलमै र अरुको अस्पतालमा मृत्यु भएको उडिसा प्रहरीका प्रमुख केपी सिंहले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

ती प्रहरीहरु अर्को जिल्लामा हुन लागेको तालिममा सहभागी हुन जाँदै गर्दा सो आक्रमण भएको हो । प्रहरी गाडीमा १३ जना चढेका थिए । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्