
हेटौंडा, २२ चैत– मकवानपुर प्रहरीले ३ वर्षको अवधिमा ८२ वटा जबरजस्ती करणी –बलात्कार) का घटना भएको जनाएको छ ।
जबरजस्ती करणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियानको उद्घाटन कार्यक्रममा प्रहरीले ३ वर्षे अवधिमा बलात्कृत भएका ८२ जनामध्ये अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका भएको जनाएको छ ।
प्रहरीका अनुसार, १६ देखि २५ वर्ष उमेर समूहका २५, १६ वर्ष मुनिका २०, २६ देखि ३५ वर्षसम्मका ५, ३६ देखि ४५ वर्षका ४ र ६० वर्षमाथिका १ महिलाको बलात्कार भएको छ ।, कान्तिपुरमा खबर छ ।