०८ असार २०८३, सोमबार

एकता संयोजन समितिको बैठक बस्दै, पार्टी घोषणा तयारी समिति बनाउने

एकता संयोजन समितिको बैठक बस्दै, पार्टी घोषणा तयारी समिति बनाउने

काठमाडौं, २२ चैत– एमाले–माओवादी केन्द्र एकता संयोजन समितिको बैठक बिहीबार बिहान बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्न लागेको हो । 

पार्टी एकताका लागि बनेका कार्यदलले मिलाउन नसकेका विषयमा सहमति गर्न एकता संयोजन समितिको बैठक डाकिएको हो । बिहीबार विवादित दुई विषयमा सहमति जुटे पार्टी घोषणासभाको तयारीका लागि दुवै पार्टीका नेता सम्मिलित एउटा समिति बनाउने योजना छ । 
माओवादी संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले एकता घोषणा तयारीका लागि समिति बनाउने जानकारी गराएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्