३१ जेठ २०८३, आइतबार

विदा कटौती गरेको भन्दै ज्योतिषहरुको आपत्ति

विदा कटौती गरेको भन्दै ज्योतिषहरुको आपत्ति

बुटवल, २२ चैत–पछिल्लो समय धर्मशास्त्रमा भित्रिएको विकृति÷विसंगति हटाउने विषयमा छलफल गर्न देशभरका ज्योतिषहरू बुटवलमा जम्मा भएका छन् । १६ औं राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलन शुक्रबारदेखि बुटवलमा सुरू हुँदैछ । सम्मेलनमा भाग लिन ६१ जिल्लाका ३ सयभन्दा बढी ज्योतिषहरू बुटवलमा सम्मेलनमा सहभागी हुनेछन् । 

सम्मेलनले शास्त्रीय विसंगतिको बारे छलफलबारे कार्यपत्र प्रस्तुत गर्ने, संस्कृतिलाई रित्तो बनाउन खोजिएको भन्दै त्यसको अन्त्यका लागि वृहत छलफल गर्ने, ज्योतिषको मान्यता दिलाउने लगायतका एजेण्डाहरू रहेको बिहीबार

बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सम्मेलन दुई दिन चल्नेछ । 

नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतम धर्म संस्कारमा भित्रिएको फोहोरलाई हटाउन आफूहरू केन्द्रित भएको बताए । सो अवसरमा पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले ज्योतिष शास्त्रविहिन मुहूर्तको महत्व र मृत्यु संस्कारमा विकृति विषयका कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै प्रा. श्रीकृष्ण अधिकारीले गोचरफल र यसको उपदेयता विषय, वरिष्ठ वास्तुविद् डा. माधवमंगल जोशीले वास्तु विषयमा र डा. अर्जुन भट्टराईले ज्योषित सम्बन्धी कार्यक्रम प्रस्तुत गर्नेछन् । पछिल्लो समय मृत्युसंस्कार (किरिया) १३ दिनबाट घटाएर ३ देखि ५ दिनमा पूरा गर्ने भन्ने विषयहरू पनि छलफलमा आएका छन् । 

कार्यक्रमको प्रदेश नम्बर पाँचमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गर्ने कार्यक्रम छ । नेपाल ज्योतिष परिष्द प्रदेश नम्बर पाँचले कार्यक्रमको आयोजना गरेको हो । 

कालसर्प योग भन्नु निराधार 

ज्योतिषहरूले कालसर्प योगका नाममा गरिँदै आएको वस्तुप्रति कुनै सत्यता नभएको बताएका छन् । उनीहरूले ज्योतिष शास्त्रमा कही कतै कालसर्प योग भन्ने नभएको भन्दै त्यस्तो भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरे । ज्योतिष प्रा. श्रीकृष्ण अधिकारीले कालसर्पको योगको नाममा ठगि भएरहेको बताए । उनले ज्योतिष शास्त्रमा कालसर्प योग नै नभएको स्पष्ट पारे । 

सार्वजनिक विदा कटौति गरिएको प्रति आपत्ति

ज्योतिषहरूले सरकारले हालै कटौती गरेका सार्वजनिक विदाप्रति आपत्ति समेत जनाए । वैदिक सनातनदेखि मान्दै आएका पर्वहरू हटाएर राज्यले धर्म संस्कृतिप्रति प्रहार गरेको आरोप समेत लगाए । ज्योतिष माधवराज पाण्डेले घटस्थापना, रामनवमी, श्रीकृष्ण जन्माष्टमी लगायत विदा कटौती गर्नु नहुन बताए । 

salt training

कमेन्ट गर्नुहोस्