२२ जेठ २०८३, शुक्रबार

कानुनविपरीत शुल्क बढाउने तयारी

चैत २३, २०७४
कानुनविपरीत शुल्क बढाउने तयारी

काठमाडौं, २३ चैत— त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् र चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का पदाधिकारीले मेडिकल शिक्षा स्नातकोत्तर (पीजी) को शुल्क वृद्धिका लागि चलखेल सुरु गरेका छन् ।

सरकारले ५ महिनाअघि मेडिकल शिक्षामा स्नातकोत्तर अध्ययनका लागि २३ लाख शुल्क निर्धारण गरिसकेको छ । त्रिवि र आईओएम भने अर्को निर्णय गरेर शुल्क बढाउने तयारीमा छन् । विश्वविद्यालय ऐनको दफा १४ को ‘च’ मा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गर्ने कलेजको शुल्क कार्यकारी परिषद्ले तोक्ने र विश्वविद्यालयले अनुगमन गर्ने उल्लेख छ । 

सरकारले तोकेको शुल्कको हकमा सोहीबमोजिम हुने नियममा व्यवस्था छ । सरकारले शुल्क तोके त्यही कार्यान्वयन गर्नुपर्ने कानुनी प्रावधानविपरीत शुल्क बढाउने तयारी भएको हो ।, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्