
काठमाडौं, २३ चैत– शोकका कारण रोकिएको नेपाली कांग्रेसको बैठक अब नयाँ वर्षमा मात्र बस्ने भएको छ । नेता खुमबहादुर खड्काको यही चैत १७ गते निधन भएपछि कांग्रेसको बैठक स्थगित भएको थियो ।
खड्काको निधनपछि पार्टीले पाँच दिनसम्म केन्द्रीय कार्यालय बन्द गर्ने सात दिनसम्म पार्टीको झण्डा आधा झुकाउन, १३ दिनसम्म पार्टी कार्यालय र जिल्लास्थित कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेर स्थगित गरेको थियो ।
शोक सभाको कार्यक्रम सकिएपछि नयाँ वर्ष २०७५ को वैशाख ३ गतेदेखि बैठक पुनः निरन्तर चल्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।, गोरखापत्रमा खबर छ ।