०४ असार २०८३, बिहीबार

चिनजानकै व्यक्तिबाट यौन दुर्व्यवहार बढ्दो

चैत २३, २०७४
चिनजानकै व्यक्तिबाट यौन दुर्व्यवहार बढ्दो

काठमाडौँ, २३ चैत– चिनजानका व्यक्तिबाटै बालिका बलात्कृत हुने क्रम बढेको पाइएको छ । केन्द्रीय बालकल्याण समितिले वितेको चार महिनामा सञ्चार माध्यममा प्रकाशित बालबालिकासम्बन्धी समाचारको अध्ययनपछि यस्तो तथ्य बाहिर ल्याएको छ । 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४५ जना बालबालिका बाल यौन दुर्व्यवहारबाट पीडित भएकोमा यस अवधि (मङ्सिरदेखि फागुनसम्म) मा ७८ जना बालबालिका प्रभावित भएका छन् । यसबाट बालबालिकाविरुद्ध हुने गरेको घटनामा वृद्धि हुँदै गइरहेकोे पाइएको छ । 

समितिको प्रतिवेदनअनुसार सबैभन्दा बढी चिनजानको व्यक्तिबाट ३० जना बालिका बलात्कृत भएका छन् । छिमेकीबाट २० जना, बाबु, हजुरबुबा, दाजु तथा हाडनाताबाट ११ जना, फेसबुक तथा सामाजिक सञ्जालमार्फत भएको चिनचानबाट सात जना, शिक्षकबाट तीन जना र म्यादी प्रहरी तथा सेनाबाट तीन जना बालिका बलात्कृत भएका छन् । 

बलात्कारमा संलग्न अभियुक्तमध्ये १६ जना बालक थिए । छ जना बालिकाको बलात्कारपछि हत्या भएको छ । समितिका कार्यकारी निर्देशक तारक धितालले नेपालको फौजदारीसम्बन्धी नयाँ कानुनले हाडनाता करणी गम्भीर अपराध मानेको अवस्थामा समेत बालिकाहरू आफ्नै परिवारबाट पीडित हुनु दुःखद् भएको बताउनुभयो ।, गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्