
काठमाडौं, २३ चैत–प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेका कारण रक्षामन्त्री ईश्वर पोखरेल कार्यबाहक प्रधानमन्त्री बनेका छन् ।
प्रधानमन्त्री ओली तीन दिने भारतको राजकीय भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेपछि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
यस्तै नेकपा एमालेको पार्टीको कार्यावाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बामदेव गौतमलाई दिइएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २५ चैतमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।