
नयाँ दिल्ली, २३ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्ने भएका छन् ।
केहीबेरमा ओलीलाई सिंहले दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने छन् । अोलीको स्वागतका लागि सिह विमानस्थल पुगिसकेका छन् ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यात्रु र पत्रकारसहितलाई चेकजाँच गरेर भित्र प्रवेश गर्न दिइएको छ ।
प्रधानमन्त्री ओलीको सवारीका लागि नेपाल र भारतको झण्डा अंकित सवारी तयारी अवस्थामा राखिएको छ ।