
नयाँ दिल्ली, ३२ चैत- भारतको तीन दिने राजकीय भ्रमणका क्रममा शुक्रबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।
ओलीलाई स्वागत गर्न सिंह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए । विदेशमन्त्री सुष्मा स्वराज देशबाहिर रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षीको स्वागतमा वरिष्ठ मन्त्रीलाई विमानस्थल पठाएका हुन् ।
स्वागतपश्चात ओली व्यवसायीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन सिधै होटल ताज प्रस्थान गरेका छन् । सो कार्यक्रमपछि ओलीले दूतवासमा नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले भोलि शनिवार मात्र महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नेछन् । यसक्रममा उनले राष्ट्रपति रामनाथ कोविन्द, समकक्षी मोदीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।
भारतमा रहँदा प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा बस्नेछन् ।
