२१ जेठ २०८३, बिहीबार

नेपाली राजदूत रायमाझीले स्पेनका राजालाई ओहोदाको प्रमाणपत्र बुझाए

नेपाली राजदूत रायमाझीले स्पेनका राजालाई ओहोदाको प्रमाणपत्र बुझाए

म्याड्रिड,२३ चैत–  स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीले स्पेनका राजा फेलिपे छैटौं समक्ष आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरका छन् । 

मड्रिडस्थित दरबारमा रायमाझीले विहीबार विहान ११ बजे ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । 

नेपाल र स्पेनको दौत्य सम्बन्धको ५० औं वर्षमा नेपालले स्पेनमा दूतावास स्थापना गरेकोमा स्पेनी राजाले खुसी व्यक्त गरेका थिए । 

उनले भूकम्पछिको पुनर्निमार्ण बारे चासो राखेको राजदूत भरतबहादुर रायमाझीले बताए । 

नेपाल–स्पेनको सम्बन्ध, नेपालको आर्थिक, राजनीतिक अबस्थाका बारेमा संक्षिप्त जानकारी गराउँदै स्पेनवासी नेपालीहरुले भोग्नु परेका समस्याहरु र नेपालमा स्पेनिस कुटनैतिक नियोग (कम्तिमा अधिकार सम्पन्न कन्सुलर सेवा) संचालनका लागि स्पेनका राजा फेलिपेको ध्यानाकर्षण गराएको राजदूत रायमाझीले बताए । 

दीपेन्द्र गजुरेल, स्पेन

salt training

कमेन्ट गर्नुहोस्