दोलखा, २१ माघ– कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भएसँगै सुरु भएको लोडसेटिङ नहुने क्रमले थप व्यापकता पाउने भएको छ । सरकारले आगामी जेठदेखि देशमा लोडसेडिङ हटाउने घोषणा नै गरेको खबर आजको कारोबारमा खखबर छ ।

११ वर्षअघि सुरु भएको खिम्ति–ढल्केबर विद्युत प्रशारण लाइनको बिहिबार औपचारिक उद्घाटन गर्दै प्रम प्रचण्डले परीक्षणका रुपमा काठमाडौं पोखरालगायतका शहरहरुमा अहिले लोडसेडिङ नगरेपनि अब जेठबाट देशलाई नै लोडसेडिङ मुक्त गर्ने बताए ।
‘राम्रा मान्छे ठीक गाउँमा पर्यो भने नतिजा पनि ठीक हुन्छ’, प्रचण्डले भने, ‘कुलमानलाई यसठाउँमा ल्याउन मलाई धेरै संघर्ष गर्नुपरेको थियो ।’