१७ असार २०८३, बुधबार

टेबल टेनिस खेल्दै प्रचण्डले भने – राष्ट्रलाई एकतावद्ध गर्न खेल महत्त्वपूर्ण

टेबल टेनिस खेल्दै प्रचण्डले भने – राष्ट्रलाई एकतावद्ध गर्न खेल महत्त्वपूर्ण

काठमाडौं, २३ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताएका छन् । 

अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशनले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताए । 

‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकतावद्ध गर्नका निम्ति पनि खेल क्षेत्र असाध्यै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो’ उनले भने, ‘स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु ।’ 

अध्यक्ष प्रचण्डले आफू हाइस्कूलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबुल टेनिस खेल्न थालेको अहिले पनि टेबुल टेनिस खेल्ने गरेको बताए । 

‘मैले रामपुरमा बिएस्सी पढ्दै गर्दा टेबुल टेनिस सिकेको हो । र, शान्ति सम्झौतापछि मैले नियमित टेबुल टेनिस खेल्न थालेको पनि १०÷१२ वर्ष हुन लाग्यो,’ उनले भने ‘मैले प्रधानमन्त्री हुँदा पनि टेवुल टेनिस खेल्न छाडिनँ । बरु, बालुवाटारमा टेबुल टेनिस खेल्ने एउटा घरै बनाएको छु ।’ 

आफू प्रधानमन्त्री हुँदा अन्तराष्ट्रिय खेलाडी तारिफ खानसँग टेनिस खेलेको फोटो विश्वभरि फैलिएको स्मरण गर्दै उनले भने, ‘मैले टेबुल टेनिस खेलेको कुरा विश्वभरि प्रचार भएछ । मैले टेबुल टेनिस खेल्दा एशोसिएशनले पिस अवार्ड प्राप्त गरेको सुन्दा विशेष हर्ष र गर्व महशुस भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्