२२ जेठ २०८३, शुक्रबार

अश्लील कार्य गरेको अाराेपमा अर्चना पनेरुका ‘श्रीमान्’ पक्राउ

अश्लील कार्य गरेको अाराेपमा अर्चना पनेरुका ‘श्रीमान्’ पक्राउ

काठमाडौं, २३ चैत–  ‘पोर्नस्टार’ बन्छु भन्दै चर्चामा आएर केही फिल्ममा अभिनय गरेकी अर्चना पनेरुका ‘श्रीमान’ पक्राउ परेका छन् । अर्चनाले केही समय श्रीमान् भनेर तस्बिर सार्वजनिक गरेका अमेरिकन नागरिक उल्फ प्राइसलाई प्रहरीले पक्राउ गरेको हो । 

काठमाडौंमा घर भाडामा लिएर अश्लील कार्य गरेको भन्दै प्रहरीले ५३ वर्षीय उल्फलाई पक्राउ गरेको हो । काठमाडौंको बलम्बुमा एक घर भाडामा लिएका उल्फले अश्लील कार्य गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले बताए । 

डिएसपी थापाका अनुसार उल्फले भाडामा लिएको घरबाट गाँजा, कण्डमलगायत यौनजन्य सामग्रही बरामद भएको छ । उल्फले भाडामा लिएको घरमा युवती ल्याएर यौनजन्य कार्य गरेको भन्दै स्थानीयले प्रहरीमा उजुरी दिएका थिए । 

सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । उल्फलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्