२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेट

प्रधानमन्त्री ओली र भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेट

नयाँदिल्ली, २३ चैत- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले शुक्रबार अपराह्न शिष्टाचार भेटवार्ता गरेको छ ।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । 

भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय राष्ट्रिय कांग्रेसका अन्य शीर्ष नेताको सहभागिता थिए । सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्