काठमाडौँ, २१ माघ- तपाईँ नेपालका कुनै पनि सरकारी कार्यालयमा फोन गरेर कुनै मान्छेलाई खोज्नुहोस्, रेडिमेड जवाफ पाइन्छ -उहाँ मिटिङ 'बैठक' मा हुनुहुन्छ।
आजको नेपाल समाचारपत्र लेख्छ- सबैजसो मन्त्रालय र सरकारी कार्यालयका प्रमुखदेखि प्रशासनका पदाधिकारीहरु दैनिक बैठकमा व्यस्त देखिन्छन्। तर त्यस्ता बैठकबाट हुन्छ चाँही के त ?
यति धेरै बैठक बसेपछि मुलुक बिकासको हिसाबले निकै माथि पुग्नुपर्ने तर सधैं जहाँको त्यहीं हुने गरेको छ। स्रोतहरुको अनुसार कतिले त आफ्नो क्षेत्रको जवाफ दिनुपर्छ भनेर टार्नका लागि बैठकको बहाना गर्छन् भने कतिले चाहिँ बैठक बसेझैं गरेर खाजा र भत्ता पचाउने सिवाय केही पनि गर्दैनन्।
बैठकबाट महत्वपूर्ण उपलब्धि होला भनेर आशा गर्नु नै व्यर्थ हुने भुक्तभोगीहरु बताउँछन्। यदि साच्चै बैठकका निर्णयहरु कार्यान्वयन हुन्थे भने त देश अहिले विश्वकै उत्कृष्ट देश भइसक्ने सम्बद्धहरुकै टिप्पणी रहेको पाइन्छ।