०८ असार २०८३, सोमबार

गायक राजेश पायल राई सवार गाडी दुर्घटनामा

गायक राजेश पायल राई सवार गाडी दुर्घटनामा

काठमाडौं, २३ चैत–चर्चित गायक राजेश पायल राई सवारी दुर्घटनामा परेर सामान्य घाइते भएका छन् । 

गुल्मीको  दुवीचौर भन्ने स्थानमा उनी सवार गाडी विपरित दिशातर्फबाट आउँदै गरेको अर्को गाडीसँग ठोक्किएर दुर्घटना हुन पुगेको हो । दुर्घटनामा परेर गायक रार्इकाे टाउकोमा सामान्य चोट लागेको  छ । 

रार्इ गुल्मी महोत्सवमा सहभागी हुन त्यहाँ पुगेका थिए । 

यसैबीच उनी अहिले  सामान्य उपचारपछि डिस्चार्ज भएको महोत्सव आयोजकले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्