३० जेठ २०८३, शनिबार

टायर पञ्चर भई बस अनियन्त्रित,  मोटरसाइकललाई  ठक्कर दिँदा दुई जनाको ज्यान गयो

चैत २३, २०७४
टायर पञ्चर भई बस अनियन्त्रित,  मोटरसाइकललाई  ठक्कर दिँदा दुई जनाको ज्यान गयो

लहान, २३ चैत - पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित सडकमा आज बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना.५ख ६०२ नंको बसको टायर पञ्चर भई अनियन्त्रित भएर स.७प ७१५० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–८ निवासी ४० वर्षीय शम्भु स्वर्णकार र सोही ठाउँका ३५ वर्षीय सन्दीप स्वर्णकारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक स्वर्णकारको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र सन्दीपको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्