२२ जेठ २०८३, शुक्रबार

नेताविहीन बन्यो राजपा

चैत २४, २०७४
नेताविहीन बन्यो राजपा

 काठमाडौं, २४ चैत -आन्तरिक विवादका कारण संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसद्मा रहेका पाँचमध्ये चार राष्ट्रिय पार्टीले दलको नेता छानिसकेका छन् भने विवादका कारण राजपा नेपालले छान्न नसकेको हो ।

अध्यक्ष मण्डलका संयोजक ठाकुर, सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादव संसदीय दलको नेताका आकांक्षी हुन् । तीनमध्ये कसलाई बनाउने भन्ने विवाद मिल्न नसकेपछि राजपा संसद्को पहिलो अधिवेशन अन्त्य हुँदासमेत नेताविहीन छ, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्